९२ दिनमा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलाको भव्य स्वागत भएको छ।
विश्वका १४ हिमालको सफल आरोहण गरी शनिबार नेपाल आएका दुई आरोहीलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
उनले खादा र माला लगाइदिएर दुई कीर्तिमानी आरोहीलाई स्वागत गरिन्। राज्यमन्त्री सिर्पालीसँगै पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवम् आरोहीहरूको विमानस्थलमा उपस्थिति थियो।
उनीहरूको स्वागतमा बाजागाजा समेत बजाइएको थियो।
साउन ११ गते बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेका थिए।
यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर विश्वका १४ अग्ला हिमालको सफल आरोहण गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए।
पुर्जाको रेकर्ड धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा कम समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्।
योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ।
तस्बिरहरूः