ललितपुरको खोकनामा यतिबेला किसानहरूलाई धान गोड्ने चटारोले झपक्कै छोपेको छ।
जेठ-असारमा धान रोपिएको खेतमा झार उम्रिन थालेपछि किसानहरू गोडमेलमा जुटेका छन्।
शनिबार खोकनामा केही किसानहरूले धान गोडिरहेका थिए।
खेतमा उम्रिने झारले धानको विरूवाको वृद्धि विकासमा असर पुर्याउँछ। रोपो सरेर जरा फैलिएपछि वरपर उम्रिने झारले असर नगरोस् भन्नका लागि धान रोपिएको एक डेढ महिनामा गोडमेल गरिन्छ।
गोडेर फेरि एकपटक मल हालेको केही महिनामा धानको बिरूवामा बाला लाग्न सुरू हुन्छ।
तस्बिरहरू: