कालीमाटी तरकारी तथा फलफूल बजारका सटरहरू बिनाप्रतिस्पर्धा भाडामा सम्झौता दिन लागिएको भन्दै राष्ट्रिय किसान सञ्जालले शुक्रबार पनि धर्ना दिएको छ।
शुक्रबार बिहान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको हो।
उनीहरूले बिनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, सटर र स्टलहरू खुला प्रतिस्पर्धामार्फत् भाडामा लगाइनुपर्ने, ५० प्रतिशत सटर उत्पादक किसानलाई छुट्याउन पर्ने र बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग राखेका छन्।
तस्बिरहरू: