मंगलबार दिउँसो काठमाडौंको नयाँबजार-बालाजु जोड्ने विष्णुमती नदीमाथि पुलमा गाडी कुदिरहेका थिए। व्यस्त शहरको व्यस्त बाटोको बीचमा मानिसको जस्तै भीड थियो कागको।
एक जना मानिस झोलाबाट मासुका टुक्रा झिक्दै कागको मुखैमा दिन्थे। नजिकै बिजुलीका तारमा हुल बाँधेर बसेका काग आफ्नो पालो कुर्दै पुलको बारमा आउँथे।
कागलाई खानेकुरा खुवाइरहेका रूपक दर्शन निकै खुसी देखिन्थे।
काठमाडौंको जैसीदेवल कोहितीमा बस्ने दर्शन काठमाडौंका रैथाने हुन्। तर उनी आफ्नो घरबार नभएको बताउँछन्।
आफूले कुनै बेला पाएको दु:ख, पीडा सम्झिएर पशु पक्षीलाई खाना खुवाउन थालेको उनी बताउँछन।
‘हामी विवेकशील मानिस व्यवहारमा उल्टो छौं, म पशुपक्षीलाई सबै मानिस नराम्रा हुँदैनन्, हामी पनि तिमीहरूलाई माया गर्छौं भनेर बुझाउन चाहन्छु,’ उनले भने।
वर्षौंदेखि काठमाडौंमा काग परेवा र कुकुरलाई खाना खुवाइरहेको उनले बताए। लकडाउनसम्म केही सहयोग आए पनि अहिले आफैंले खाना जोहो गरेर कागलाई खुवाउने गरेको उनले बताए।
हेर्नुस् तस्बिरहरू: