काठमाडौंका सडकमा फोहोर थुप्रिएका छन्।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।
काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको हो। बञ्चरेडाँडामा विसर्जनमा अवरोध भएपछि काठमाडौ उपत्यकामा ६ हजार ५ सय मेट्रिक टनभन्दा बढी फोहोर थुप्रिएको निजी संघ-संस्थाका संकलकले बताएका छन्।
यसैबीच, स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।
स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि सय बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। अहिले प्रहरीले स्कर्टिङ गरेर फोहोर बञ्चरेडाँडा लगिरहेको स्थानीयले बताएका छन्।
तर, स्थानीयले धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा अवरोधको प्रयास गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाका अनुसार अहिले प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको छ।
तस्बिरहरू: