बर्खाकालको साउन महिना नारीका लागि विशेष हुन्छ।
साउन भगवान शिवको प्रिय महिना मानिने विश्वास गरिन्छ। साउनमै पनि सोमबारको त अझ विशिष्ट महत्व छ। साउने सोमबारका दिन भगवान शिवलाई पुकारा गरी पूजाआराधना गरेर व्रत बसे मनोकामना पूरा हुने जनविश्वास छ।
हरियो चुराको विशिष्ट महत्वले गर्दा अहिले बजार हरियो चुरा, पोतेले रौनक छाएको छ। हरियो चुरा अटल सौभाग्यको सौन्दर्य प्रसाधन मानिने हुँदा साउने सोमबारी व्रतमा महिलाले यो रोज्ने गरेका हुन्।
विवाहित नारी अटल सौभाग्य र अविवाहित युवती सुन्दर वर (दुलाहा) को कामनाले साउने सोमबारी व्रत बस्छन्।
साउने यो पर्वका अवसरमा हरियो चुरामात्र नभएर हरियो पोते, हरियो सारी र अन्य शृंगार प्रसाधनका पसल जताततै सजिएका छन्।
चुरासँगै अहिले मेहन्दीको व्यापार पनि फस्टाएको छ। साउनमा हरियो चुराजस्तै हत्केला, नाडी र नङमा मेहन्दी लगाउने चलन छ। साउनमा हत्केला, नङ, औंला र नाडीसम्म कलात्मक ढङ्गले लगाइने मेहन्दीले पतिपत्नीबीच प्रेममा प्रगाढता हुने र सर्पको भय नहुने विश्वास गरिन्छ। हरियो रङलाई समृद्धिको प्रतीक पनि मानिन्छ।
तस्बिरहरू: