काठमाडाैं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ।
सार्वजनिक जग्गा कब्जा गरेर 'भद्रकुमारी घले सेवा सदन' सञ्चालन गरेपछि उक्त भवन खाली गराइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार नगर प्रहरीले तीन दिनअघि नै भवन खाली गर्न निर्देशन दिएको थियो। तर समय बितिसक्दा पनि खाली नगराएपछि डोजर चलाइएको उनले बताए।
'अहिले सार्वजनिक जगामा भएको संरचना हटाउने काम भइरहेको छ,' उनले भने
उक्त भवनमा २०६२ सालदेखि आश्रम सञ्चालन गरिरहेको छ। त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेकाे छ।
अब त्यहाँ रहेका सबैलाई मानव सेवा आश्रममा लगिने महानगरपालिकाले जनाएको छ।
यस्तै, त्यहाँको विद्यालय व्यवस्थापन महानगरकाे शिक्षा विभागले गर्ने बताइएको छ।
तस्बिरहरूः