सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन्।
असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्काको म्याद थप नगरेको लगायतका विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा विभिन्न मागहरू उल्लेख गरिएका प्लाकार्डसहित उनीहरु शुक्रबार बिहान माइतीघर मण्डलमा धर्ना दिन पुगेका छन्।
पढ्नुस्ः सरकारबाट १५ अर्बभन्दा बढी रकम उठाउन बाँकी भएपछि माइतीघरमा धर्ना दिँदै निर्माण व्यवसायी
प्लाकार्डमा ‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्’ लगायत उल्लेख गरिएको छ।