मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रूसको दूतावास, बालुवाटार अगाडि प्रदर्शन गरेको छ।
बिहीबार रूस–युक्रेन युद्धको ५०५ औं दिनमा समाजले रूसलाई तत्काल युद्ध रोक्न पुनः आग्रह गर्दै प्रदर्शन गरेको हो।
उनीहरूले रूसी आक्रमणका कारण हजारौं नागरिकको मृत्यु, रूसी आक्रमणका कारण करोड बढी शरणार्थी/आन्तरिक रूपमा विस्थापित, रूसले सुरू गरेको युद्धको ५०५ दिन: इतिहास लज्जित, रूसले सुरू गरेको युद्धको ५०५ दिन: मानवता पराजित लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: