उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।
आइतबार अपराह्न बानेश्वरस्थित धर्नास्थलमै पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
उनीहरू माइतीघरमा १९ दिनदेखि मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन्। आइतबार प्रदर्शनका लागि उनीहरू बानेश्वर पुगेका थिए।
सरकारले मिटरब्याज पीडितलाई न्याय दिन र मिटरब्याजीलाई कारबाही गर्नका लागि ल्याएको अध्यादेश निष्क्रिय भइसकेको छ।
अध्यादेश निष्क्रिय भएपनि पीडितलाई न्याय दिनका लागि सरकारले चाँडै नै थप प्रक्रिया सुरू गर्ने मन्त्री श्रेष्ठले बताउँदै आएका छन्।
तस्बिरहरूः