मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर ईद अर्थात् ईदजोहा पर्व मनाइरहेका छन्।
सो धर्मालम्बीहरुले ईदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्।
बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
इस्लामहरूको सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिना हुन्। बकर ईदको अवसरमा नेपालबाट पनि हजयात्रीहरू मक्का मदिना पुग्छन्।
आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ। घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ।
तस्बिरहरूः