काठमाडौंको माइतीघरमा विद्यालयका कर्मचारीहरूले प्रदर्शन गरेका छन्।
बिहीबार भद्रकाली हुँदा कर्मचारीहरूले मार्चपास गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरमा नाराबाजी समेत गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले रिले अनशन समेत गर्ने बताएको छ।
उनीहरूले जेठ २९ गतेदेखि असार १ गतेसम्म प्रदर्शन गर्ने बताएको छ।
न्यून तलबमा काम गर्नुपरेको, राज्यले नहेरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। जेठ १५ गतेको बजेट भाषणबाट पनि तलब नबढाएको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा बिहीबार माइतीघरमा कर्मचारीहरूले ढुंगामुढा समेत गरेका थिए।
प्रहरीले त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएको छ।
तस्बिरहरू: