नागरिकताविहीन संघर्ष समितिले नागरिकता माग्दै प्रदर्शन गरेका छन्।
नागरिकता विधेयक प्रमाणीकरणको मुद्दा आज हेर्दाहेर्दैमा राखिएपछि उनीहरूले न्याय माग्दै माइतीघरदेखि हिँडेर टुँडिखेल परिक्रमा गरेका थिए।
‘सर्वोच्च अदालत हामीलाई न्याय दे’, नागरिकताबाट बन्चित नेपाली समाज एक हौं, जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देऊ, राष्ट्रपतिबाट स्वीकृत नागरिकता विधेयक लागु गरलगायत माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
यसअघि माइतीघर मण्डलमा नागरिकता माग्दै धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका थिए।
७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास हुन्।
तस्बिरहरू: