नेपाल एकीकरणको केन्द्र विन्दु गोरखा दरबार नामैले ऐतिहासिक छ।
गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिर संगै रहेको गोरखा दरबार आफैंमा धार्मिक, ऐतिहासिक र भौगोलिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। यो प्राकृतिक रूपले पनि निकै सुन्दर ठाउँमा छ। त्यसैले गोरखा दरबार अन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ। गोरखा बजारको बीचमागमा रहको संग्राहलय पनि यहाँको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो।
गोरखा बजारको माझकोटस्थित यो दरबार २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त भएको थियो। पुनर्निमाणको क्रममा रहेको यो दरबारबाट थुप्रै हिमशृंखलाहरू देख्न सकिन्छ। वर्षायाममा छिन छिनमै मौसम परिवर्तन भइरहनु यहाँको एउटा मुख्य विशेषता पनि हो।
यस्तै भूकम्पले क्षतिग्रस्त दरबारसँगै रहेको कालिका मन्दिर पुनर्निर्माणमा ढिलाइ भएको छ।
पुनर्निर्माणका लागि २०७८ साउन १५ मा धर्म एस-आरआर जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ असार १५ मा काम सक्नुपर्ने भए पनि अहिलेसम्म काम सकिएको छैन।
पुरातत्व विभागले म्याद थप गरे पनि काम सम्पन्न नभएको हो। करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ। छाना छाउने काम मात्र बाँकी रहेको अड्डाको भनाइ छ।
एक करोड ९५ लाख रुपैयाँ लागतमा कालिका मन्दिर पुनर्निर्माण ठेक्का लागेको थियो।
गोरखा दरबार र यहाँको इतिहास अनि सुन्दरता झल्कने केहि तस्विरहरु :