काठमाडौंको स्वयम्भुमा रहेको स्तूपको गजुर अहिले मर्मत भइरहेको छ।
गत फागुनमा आएको हावाहुरीले स्तूपको गजुर ढलेको थियो।
बाँदरले हल्लाएर कमजोर बनेको गजुर हावाहुरीको जोडले ढलेको स्थानीयले बताएका छन्।
गजुर ढलेर झरेपछि पुरातत्व विभाग, त्यहाँका पुजारी र स्वयम्भु व्यवस्थापन समितिको रोहबरमा गजुरको मर्मत सुरू भएको हो।
मर्मत सकिएपछि विशेष विधिअनुसार पूजापाठ गरेर फेरि गजुर राखिने बताइएको छ।
हेर्नुस् तस्बिरहरू: