काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ।
बिहीबार महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको हो।
केही समयअघि महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो।
‘महानगरले त्यस्ता पम्प सुरक्षा दृष्टिले जोखिमयुक्त भएकाले कारबाही गरेको हो’, उनले भने।
महानगरले झन्डै ६ वर्षअघि पेट्रोल पम्पको सर्वेक्षण गर्दा काठमाडौंमा १ सय २३ वटा पम्प थिए। जसमध्ये ६७ वटा महानगरभित्र थिए।
त्यसमध्ये पनि झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारणले आज कोत:धुकु आयल स्टोरबाट काम सुरू गरिएको उनले बताए।
यो पनिः
काठमाडौंमा मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्न खोज्दै महानगर, आयल निगम के भन्छ?
तस्बिरहरू: