मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत् नागरिक आन्दोलनले 'मानव–अधिकार मार्च' गरेको छ।
नागरिक आन्दोलनले बुधबार दिउँसो शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गरेको हो। उक्त मार्च बानेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो।
मिटरब्याज पीडितहरूमाथि सोमबार प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै त्यसविरूद्ध मार्च गरिएको हो।
उक्त घटना मानव अधिकारको हनन् भएको भन्दै दोषीहरूको छानबिन गरी कारबाही गर्न माग गरिएको छ।
तस्बिरहरू: