ललितपुरको सानेपास्थित द हेरिटेज गार्डेनमा १० औं अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सन २०२३ भइरहेको छ। उक्त कन्भेन्सन गत शुक्रबारदेखि सुरू भएको हो। आज कन्भेन्सनको अन्तिम दिन हो।
द नेपाल ट्याटू प्रालिको आयोजनामा भइरहेको ट्याटू कन्भेन्सनमा नेपालीसहित अमेरिका, जर्मनी, भारत, स्वीजर्ल्यान्ड, स्पेन, फ्रान्स लगायत विभिन्न मुलुकका ट्याटू आर्टिस्टहरू उपस्थित छन्। यहाँ करिब ९७ वटा स्टलहरू छन् भने १४० भन्दा बढी ट्याटू आर्टिस्टहरूले सहभागिता जनाएका छन्। कन्भेन्सन मानिसहरू ट्याटू खोपाउन पुगिरहेका छन्।
कोरोना महामारी भन्दा अघि सन् २०१९ को अप्रिलमा नवौं ट्याटू कन्भेन्सन भएको थियो। करिब चार वर्षको अन्तरालमा १० औं कन्भेन्सन आयोजना गरिएको हो।
हेर्नुस तस्वीरमाः











.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)