काठमाडौंको माइतीघर मण्डलमा लैंगिक हिंसाविरूद्ध सचेतनामुलक प्रदर्शन भएको छ। 
आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरूद्ध सचेतनामुलक र्याली आयोजना गरेको हो।
महासंघका अनुसार महिलामाथि हुने हिंसाविरूद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
प्रदर्शनपछि उनीहरूले सचेतनामुलक पर्फमेन्स आर्ट पनि गरेका थिए। जसमा कलाकारहरूले नाटक समेत प्रस्तुत गरेका थिए।
तस्बिरहरू: 











