जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन्।
अहिले काठमाडौं उपत्यकामा भदौ ८ गते सम्मको लागि निषेधाज्ञा जारी छ। कोरोना भाइरसको संक्रमण तथा जोखमदर उच्च रहेकोले सूचना जारी गरेको प्रजिअ पराजुलीले बताए।
नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई प्रशासनले अनुरोध गरेको छ।
भदौ ६ गते जनैपूर्णिमा छ भने ७ गते गाईजात्रा परेको छ।