नेपालमा कोरोना भाइरसको संक्रमणका कारण प्रतिदिन मृत्यु हुनेमा नयाँ रेकर्ड बनेको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका हुन्। यो अहिलेसम्मकै प्रतिदिन मृत्यु हुनेको संख्या सबैभन्दा धेरै हो।
यसअघि कात्तिक १९ गते कोरोना संक्रमणबाट ३० जनाले ज्यान गुमाएका थिए।
गत आइतबारमात्रै पनि २८ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३५ जनाले ज्यान गुमाएका हुन्।
देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो।
त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा भक्तपुरमा १८२, ललितपुरमा २५२ र काठमाडौंमा ११२७ जना गरी एक हजार ५ सय ६१ संक्रमित थपिएका छन्।
देशभर सक्रिय संक्रमित संख्या ३४ हजार १ सय १७ रहेको छ।
कोरोनाबाट निको हुनेको दर ८८.२ प्रतिशत छ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ।
गत २४ घण्टामा ८८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ।
आज देशभर ५९ जना क्वारेन्टिनमा छन्।