पश्चिमी वायुको प्रभावले बिहीबार बिहान पानी परेपछि काठमाडौं उपत्यकाको वायु प्रदुषण स्वाट्टै घटेको छ।
बिहीबार दिउँसो काठमाडौंको हावा स्वस्थ थियो।
वायुमण्डलमा भएको धुँवा-धुलो हटेर आकाश छर्लङ्ग खुलेपछि बिहीबार दिउँसो काठमाडौंबाट उत्तरतिर टलक्क हिमाल देखिएका छन्।
यसअघि चैतमा देशभरि लागेको डढेलो र खडेरीले प्रदुषण ह्वात्तै बढेको थियो।
पछिल्लो साता स्थानीय वायुको प्रभावले हावाहुरी र पश्चिमी वायुको प्रभावले वर्षा भएपछि वायु प्रदुषण हटेको हो।
हेर्नुस बिहीबार काठमाडौंबाट देखिएका हिमाल











