सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा शनिबारबाट सुरु भएको छ।
भक्तपुरमा नौ दिन आठ रात बिस्काः जात्राको रौनक सुरु हुन्छ। शनिबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले रथमा भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।
बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइन्छ।
पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ।
हेर्नुहोस् तस्बिरहरू



















