विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा बुधबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा धुमधामसहित मनाइएको छ। फागु पूणिमाको भोलिपल्टबाट सुरू हुने जात्रा ३ दिन सम्म मनाइन्छ।
पहिलो दिनमा न्हवाँ भनेर, सेतो मच्छेन्द्रनाथ बिधिवत नजिको खोलाबाट नृत्य पूजा गरेर सेतो मच्छेन्द्रनाथलाई नुहाइन्छ र भोलिपल्ट मन्दिर नजिक रहेको पूजा गर्ने ठाँउमा मच्छेन्द्रनाथलाई रङ्ग लगाएर तयार पारिन्छ र तेस्रो दिन बिहानैदेखि नृत्य पूजा गर्दै जात्रा गरिदै आएको छ।
यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो। पहिले यो मन्दिर काठमाडौँको बुँगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पुर्यायाउने क्रममा यही बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेर यही ठाउँमा मूर्ति छोडेर भागेको भन्ने किम्बदन्ती पाइन्छ।
पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन्। नाला सृष्टिकान्ता लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र दिपन्कर बुद्धको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ।















