२०७२ को भुइँचालोमा क्षति पुगेको सिंहदरबारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झन्डै छ वर्षपछि पुरानै स्वरूपमा उभ्याएको छ। यसको उत्तरी, दक्षिणी र पूर्वी मोहडाका काम सकिएका छन्। पश्चिमी मोहडा असार मसान्तसम्म पूरा हुने प्राधिकरणले जनाएको छ।
सिंहदरबारको बेलायती बैठक, स्टेट हल लगायत महत्वपूर्ण ऐतिहासिक कक्षहरू यही पश्चिमी मोहडाको भवनमा छन्। प्राधिकरणले पश्चिमी मोहडालाई पुरानै स्वरुपमा जस्ताको तस्तै राख्ने गरी काम गरिरहेको छ। रेट्रोफिटिङका लागि फलाम प्रयोग गर्नुका अतिरिक्त सुर्कीचुना र इँटाको मात्र प्रयोग गरिएको छ।
यी पनि हेर्नुहोस्
हामीले केही साताअघि सिंहदरबारको चारै दिशाका भवन घुम्ने मौका पायौं। प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले हामीलाई त्यहाँका कोठा–चोटा, करिडोर–कौसी, भित्ता र भर्याङहरू देखाएका थिए। हेर्नहोस् हाम्रो सिंहदरबार भ्रमणको फोटो फिचर: