बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४० वर्षीय बुद्धिबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो।
उनीविरूद्ध उच्च अदालत पाटनले गत फागुन १७ गते बैंकिङ कसूर मुद्दामा १९ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय सुनाएको थियो।
तामाङले २०७६ साल कात्तिक २५ गते आफ्नो खातामा रकम नभएको थाहा हुँदाहुँदै पनि चेक काटेर दिएका थिए। सोही चेक बाउन्स भएपछि उनीविरूद्ध मुद्दा परेको थियो।