४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनाले अन्तत: आमासँग भेटेका छन्।
उनी आइतबार अपरान्ह इलामस्थित घर पुगेका हुन्।
उनले आमालाई मिठाइ लिएर आएका थिए। उनले आमालाई मिठाइ खुवाइदिए। ‘यो त दुब्लाएछ नि,’ छोरालाई देखेपछि ८६ वर्षकी आमा धनमाया तिम्सिनाले भनिन्, ‘के भएको? साह्रै दुब्लाएछ त?’ हलो जोत्दाजोत्दै देश गएर कमाएर ल्याउँछु भनेको थियो, हराएको हरायै भयो।’
आफूले छोरा आउँछ भनेर बाटो हेरिराखेको पनि उनले बताइन्। ‘आउँछ भनेर बाटो हेरिरहेको थिएँ, बल्ल आयो, खुसी लाग्यो’ उनले भनिन्।
कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए। उनी आज अपरान्ह इलामस्थित घर पुगेका हुन्।