भाषामाथि भएको दमनविरूद्ध प्रदर्शन गरिएको छ।
बृहत् नागरिक आन्दोलन, नेपाल आदिवासी जनजाति महासंघ, भाषिक अधिकार संघर्ष समिति नेवाः देय् दबु संयोजनमा खलः पुच, मोर्चा, अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो।
शुक्रबार उनीहरूले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाऊ भन्ने माग राखी भाषामाथि भएको दमनविरूद्धको प्रतिरोधमा पुल्चोकदेखि मंगलबजारसम्म मार्चपास समेत गरेका थिए।
तस्बिरहरू: