आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ।
बिहानैदेखि देशका विभिन्न सरस्वती मन्दिरमा पूजाआराधना गर्नेहरूको भिड देखिन्थ्यो।
विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ आजकै दिन गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षराम्भ गराए विद्या आउने विश्वास छ। शैक्षिक संस्थाहरूमा आज सरस्वती पूजा मनाइन्छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास छ।
आज बिहान काठमाडौंको स्वयम्भू नजिकै सरस्वती मन्दिरमा अक्षरारम्भ गरिएको थियो।
तस्बिरहरू: