विवेकशील साझा पार्टीले आइतबार प्रणय दिवसको अवसरमा माया साटासाट गरेको छ। ललितपुर दरबार परिसरमा आयोजित कार्यक्रममा ‘यसपालिको प्रणय दिवसमा महिला पुरूषको मात्र होइन लैंगिक अल्पसंख्यकको मायालाई पनि सम्मान गरौं’ भन्ने नारासहित पाटन दरबार परिसरमा प्रेम सन्देश बाढेका छन्।
हामी हरेक नेपाली समाजले हर किसिमको मायालाई समान रूपमा स्वीकार गरौं भन्दै विवेकशील साझाका कार्यकर्ताले दरबार परिसरमा गुलाफको फूल वितरण गरेका छन्। हेर्नुहोस् तस्बिरमा