संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ। काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन्।
विरोध कार्यक्रममा प्राध्यापक केदारभक्त माथेमा, लेखक खगेन्द्र संग्रौला, लेखक तथा पत्रकार नारायण वाग्ले, युग पाठक, तुलानारायण शाह, कवि चन्द्रवीर तुम्बापो लगायतका अभियन्ताहरु सहभागी भएका थिए।
संसद विघटन असंवैधानिक र प्रतिगामी भएको भन्दै कार्यक्रममा उनीहरूले गीत संगीतका साथै कविता वाचनसमेत गरेका थिए।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा बृहत नागरिक आन्दोलित छ।
हेर्नुहोस् केही तस्बिरहरू