प्रतिगमनविरुद्ध आन्दोलनरत नागरिक समाजले ‘बालुवाटार मार्च’ कार्यक्रम गरेको छ।
सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागितामा कमलपोखरीको माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको हो।
कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो।
संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको
कर्तव्य रहेको बताएका छन्।