आजदेखि काठमाडौं उपत्यका भित्रका विद्यालय खुलेका छन्।
सामुदायिक तथा संस्थागत विद्यालयहरू खोल्न स्थानीय तहहरूले अनुमति दिएसँगै आइतबारदेखि भौतिक रूपमा विद्यार्थी उपस्थित गराएर विद्यालयमा पठनपाठन सुरू गरिएको छ।
कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालयहरू बन्द थिए।
यसबीचमा अनलाइनबाट पठनपाठन गरिएको थियो।
अनलाइनबाट पठनपाठन गरेको कीर्तिपुरस्थित बाघभैरव आवासीय माविमा आजदेखि परीक्षा सुरू भएको छ।
प्रधानाध्यापक सविता मर्हजनले सेतोपाटीलाई दिएको जानकारीअनुसार दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिएको छ।
‘कक्षा १ देखि ५ सम्म पहिलो र ६ देखि १० सम्म दोस्रो सिफ्टमा परीक्षा हुनेछ,’ उनले भनिन्।
उनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरिएको बताइन्। विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ। केही विद्यार्थीले फेस शिल्डसमेत लगाएका छन्।
परीक्षा सकेपछि नियमित रूपमा पठनपाठन सुरू गरिने उनले जानकारी दिइन्।
तस्बिरहरू: