आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। यो पर्व देशभर भव्यरूपमा मनाइन्छ।
नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ।
तर यसपालि कोरोना भाइरसका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएन।
यस पर्वको अवसरमा मगर समुदायका मानिस सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ।
औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर माघे संक्रान्ति मनाएका छन्।