संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार विरोध सभा गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गरेको हो। यसका साथै ‘नागरिक सभा’मा प्रतिगमन विरोधी कला प्रदर्शन पनि गरिएको छ।
सभामा सहभागीले संसद विघटन रातारात, देश डुबाउने तिम्रो हात, जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, जनमत कुल्चिन पाइन्न, लोकतन्त्रको हत्या सहिन्नलगायत नारा बोकेर प्रदर्शन गरेका प्रदर्शन गरेका थिए।
सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता छन्।
संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए।
तस्बिरहरू: