सोमबार र मंगलबार खतराको तह पार गरेको काठमाडौंको वायु प्रदुषण बुधबार ह्वात्तै घटेको छ। आज दिनभर बिहानैदेखि पारिलो घाम लाग्यो। काठमाडौं वरिपरिका हिमालहरु सहजै देखिए।
हिजोसम्म धमिलो देखिएको काठमाडौंको आकाश सफा र सिनित्त देखिंदा तागजी महसुस भएको छ।
आकाश सफा भएपछि काठमाडौंबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरू मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घादेखि सगरमाथासमेतका हिमालको लर्कन देखियो।
खुलेको आकाश र हिम शृङ्खलाको मनमोहकतालाई हाम्रा फोटो पत्रकार नारायण महर्जनले यसरी कैद गरेका छन्।
हेर्नुहोस् तस्बिरमा