सोमबारदेखि काठमाडौंको आकाश धुम्म छ।
बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन। आज काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्। वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो।
विभागका अनुसार काठमाडौं, विराटनगर र नेपालगञ्जमा पनि यस्तै समस्या छ।
वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले विभागले नागरिकहरूलाई सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।
सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो।
स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७:४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ। त्यसैले केही दिनयता काठमाडौंमा यात्रा गर्नेहरू आँखा पोल्नेलगायतका समस्या झेलेका थिए ।
काठमाडौंमा बढ्दो सहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ।
हेर्नुहोस् तस्बिरमा