झापामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका-२ हिमाली चौकम बस्ने विष्णु कार्कीका ११ वर्षीय छोरा विवेक कार्कीको मृत्यु भएको हो।
मंगलबार दिउँसो पौने तीन बजे घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको नहरमा विवेक पौडी खेल्न गएका थिए।
पौडी खेल्ने क्रममा विवेक डुबेको आफन्तहरूले देखेका थिए। आफन्तहरूले विवेकलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको जिल्ला प्रहरी कार्यालय, झापाका डिएसपी राकेश थापाले बताए।
उनको उपचारको क्रममा साढे ३ बजे मृत्यु भएको उनले बताए।
शव लाइफलाइन अस्पताल दमकमा राखिएको छ।