अंग्रेजी वर्ष २०२० मा नेपालमा धेरै राजनीतिक, सामाजिक तथा आर्थिक घटनाहरू भए। दिगो आर्थिक विकासको लक्ष्यका साथ अगाडि बढिरहेको बेला कोरोना सन्त्रास नेपालका लागि महंगो साबित भयो।
विशेष गरी अर्थ–राजनीतिक क्षेत्रमा वर्ष २०७६ ले ठूलो सम्भावना देखाइरहेको बेला चीनको वुहानबाट शुरु भएको कोरोना महामारीका कारण वर्षको अन्त्यमा आइपुग्दा नकारात्मक रूपले प्रभावित भएको छ। कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गर्यो। लकडाउनसँगै मुकलुक अस्तव्यस्त भयो।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने योजना अगाडि सारेको थियो। बहुचर्चित र महत्वाकाङ्क्षी योजनाका रूपमा नेपाल भ्रमण वर्षको कार्यक्रम शुरु गरिएको भए पनि कोरोनाले त्यसलाई समाप्तै पारिदिएको छ ।
नेपालले भारतले मिचेको भु-भागलाई समेटेर नयाँ नक्सा जारी गर्यो। यस्तै सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि पदमुक्त भए। नयाँ सभामुखमा अग्नी सापकोटा चयन भए।
नेकपाबाट चुनाव हारेका वामदेव गौतम र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाका सांसद भए। सत्तारूढ नेकपा विभाजित भयो।
यो सँगै वर्ष २०२० मा भएका केही प्रमुख घटनाहरू तस्बिरमा हेर्नुहोस्।
जनवरी २०२०
वर्ष २०२० को जनवरीमा नयाँ सभामुखमा अग्नी सापकोटा निर्वाचित हुनुका साथै नुवाकोटको गोरू जुधाई, माघे संक्रान्तीमा चाकु तथा प्रविधिको दुरूपयोग गरेर विभिन्न एटिएमबाट पैसा निकाल्ने चिनीया गिरोहलाई पक्राउ गरेका तस्बिरहरू मुख्य मुख्य रहे। यस्तै माधव नारायण जात्राको रौनक पनि बेग्लै थियो।
फेब्रुअरी २०२०
वर्ष २०२० को फेब्रुअरीमा पूर्व सभामुख कृष्णबहादुर महरा, माधवनारायण जात्रा, शिवरात्री, बुद्धका मूर्तिको प्रदर्शनी र भ्यालेन्टाइन डेलाई प्रस्तुत गरेका छौ।
मार्च २०२०
वर्ष २०२० को मार्चमा नेपालमा लकडाउन सुरू भयो। काठमाडौंमा रहेकाहरू आफ्नो घर फर्कन नपाउँदाको दुःख, प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार, होली, टिचिङ अस्पतालमा मास्क लिन लाइन लागेका स्वास्थ्यकर्मी, राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूको सपथग्रहण र राप्रपा एकताका तस्बिरहरू राखिएका छन्।
अप्रिल २०२०
वर्ष २०२० को अप्रिलमा हामीले सुपरमुन, रमदान, मातातिर्थमा सुनसानका तस्बिरहरू राखेका छौ।
मे २०२०
वर्ष २०२० को मे महिना लकडाउनबिचमै गुज्रियो। बजेट भाषण, राष्ट्रपतिद्वारा सरकारका नीति तथा कार्यक्रमहरू सार्वजनिक, रानीपोखरीको पुनर्निर्माण तिब्र रूपमा लगायतका तस्बिर राखेका छौ।
जुन २०२०
वर्ष २०२० को जुन महिनामा नेपालमा खासै राजनीतिक घटनाहरू नभए पनि कोरोनामय रह्यो।
जुलाई २०२०
वर्ष २०२० को जुलाईमा लकडाउन केही खुकुलो भयो। चाडपर्वका समय भएकाले मानिसहरूको चहलपहल बढ्यो। यीनै तस्बिरलाई हामिले राखेका छौ।
अगष्ट २०२०
वर्ष २०२० को अगष्टमा कृष्ण मन्दिर, हत्या अभियोगमा पक्राउ परेकी कल्पना मुडभरीलाई प्रहरीले सार्वजनिक गरेको, जोरविजोर, सुनसान पशुपतिलाई प्रस्तुत गरेका छौ।
सेप्टेम्बर २०२०
वर्ष २०२० को सेप्टेम्बर महिनामा हामीले न्यूरोडका सटरमा लागेको ताला, वामदेव गौतमको राष्ट्रिय सभामा इन्ट्री, बहराइनका राजकुमारको नेपाल भ्रमण, डाक्टर गोविन्द केसीको सत्याग्रह, रातो मछिन्द्रनाथमा रथ यात्राका क्रममा झडप, पीसीआर परीक्षणका लागि टेकुमा लागेको भीड, स्कुल खुलेपछि आएका विद्यार्थीलाई समेटेका छौ ।
अक्टोबर २०२०
वर्ष २०२० मा डाक्टर गोविन्द केसीले अनसन तोडेको, दसैंलगायतका फोटाहरू समेटेका छौ।
नोभेम्बर २०२०
वर्ष २०२० को नोभेम्बरमा भारतीय विदेश सचिव हर्षवर्धनको नेपाल आगमन, पूर्वराजा विरेन्द्रको घर सर्वसाधारणका लागि खुलालगायतलाई राखेका छौ।
डिसेम्बर
वर्ष २०२० को अन्तिम महिनामा केही महत्वपूर्ण घटनाहरू भए। उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, विश्व एड्स दिवस, सगरमाथाको नयाँ उचाई घोषणा, रातो मछिन्द्रनाथ, सुनसान स्वयम्भु, मस्जित खुलेपछि प्रार्थना गर्दै मुस्लिम धर्मावलम्भी, सिनेमा हल खुला, प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस, सात जना मन्त्रीद्वारा सामुहिक राजीनामा, सरकारको विरोधमा देशभर प्रदर्शन, थानकोटमा सुरूङमार्ग खन्न सुरूलगायतका तस्बिर राखेका छौ।