सरकारविरूद्ध वृहत् नागरिक आन्दोलनले नाैमती बाजा बजाएर प्रदर्शन गरेको छ।
गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेका थिए। त्यसैको विरोध स्वरूप वृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा नौमती बाजा बजाएर प्रदर्शन गरेको हो।
कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्ति तथा आमनागरिकको सहभागिता थियो। यसैगरी प्रदर्शनको क्रममा केही कविहरूले कविता वाचन पनि गरेका थिए।
यसअघि पनि वृहत् नागरिक आन्दोलनले विभिन्न तरिकाले विरोध प्रदर्शन गर्दै आएको छ।
तस्बिरहरू :