काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरि पुन्ही पर्व मनाउँदै छन्।
यसैबीच काठमाडौं असनमा नेवारी समुदायका महिला समूहले य:मरि बनाएर बेच्न राखेका छन्।
उनीहरूले मौलिकपन झल्कने गरी विभिन्न स्टल पनि राखेका छन्। एउटा य:मरिको ५० रुपैयाँ पर्छ।
चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरि भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरि पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।
नेवार समुदायमा यःमरिको विशेष महत्व छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरि नभई नहुने पकवानमध्ये एक हो।
हेर्नुस् तस्बिरहरू: