राजधानीको संकटा क्षेत्र पछिल्लो समय आकर्षक रूपमा सिंगारिएको छ। यहाँको सौन्दर्य र आकर्षणका लागि रङ्गीबिरङ्गी छाता राखेर सजाइएको हो।
स्थानीयबासी, संकटा क्लव र वडाको सहकार्यमा सो छाता राखिएको हो।
काठमाडौँको न्यूरोड गेटबाट संकटा मन्दिरसम्म विभिन्न रङ्गीबिरङ्गी छाताहरुले बाटो सजाउन राखिएको हो।
स्थानीय रविन्द्र सिखकारका अनुसार रंगीविरंगी छाता राख्ने काम सोमबारबाट शुरु भएको र सो काम बुधबार सकिनेछ।