कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको मस्जिद तथा मदरसाहरु पुनः खुला भएका छन्। केही दिन अघि धार्मिक स्थलहरुलाई खुला गर्ने सरकारको निर्णयपछि काठमाडौंसहित देशभरका मस्जिदमा नमाज (प्रार्थना) हुन थालेको छ।
चैत पहिलो सातादेखि बन्द रहेको काठमाडौंको जामे मस्जिदमा शुक्रबार इस्लाम धर्मवालम्बीहरुले सामूहिक रुपमा नमाज पढेका छन्। मस्जिदमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ।
हेर्नुहोस् ९ महिनापछि खुलेको मस्जिदमा सामूहिक नमाज (तस्बिरहरु)