चेक बाउन्सका फरार प्रतिवादी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले एक करोड ६३ लाख रुपैयाँको चेक अनादर गरेको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा अनिल पोद्दार छन्। उनलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो।
उनले बुद्धनगरका नानीबाबु खरेललाई एक करोड ६३ लाखको बैंक चेक दिएका थिए। तर उक्त खातामा भने पर्याप्त रकम थिएन।
सो चेक बाउन्स भएपछि नानीबाबु प्रहरीकोमा पुगेका थिए।
काठमाडौं जिल्ला अदालतले ठगी गरेको मुद्दामा पोद्दारलाई २०७३ भदौ १५ मा १ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।
तर उनी फरार थिए।