सुर्खेतको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुर्खेतको पञ्चपुरी नगगरपालिका–६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनले शनिबार राति साढे ८ बजे ज्यान गुमाएका हुन्।
मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बसेको भएपनि सास फेर्न समस्या भएपनि सोही दिन उनी प्रदेश अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका थिए।
सुरूमा अक्सिजन दिइएका उनलाई पछि भेन्टिलेटरमा राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
योसँगै कर्णाली प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ।