काठमाडौं ठमेलका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राखेर प्रदर्शन गरेका छन्।
ठमेल पर्यटन विकास परिषदले कोरोनाका कारण बन्द रहेका रात्रीकालीन व्यवसायहरू स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्ने गरी व्यवसाय सञ्चालन गर्न दिइनुपर्ने माग गरेका छन्।
काठमाडौं बिजुली बजारमा भेला भएर त्यहाँबाट माइतीघर मण्डलासम्म पुगेर उनीहरूले कोणसभा गरेका हुन्।
उनीहरूले कला संस्कृतिको जगेर्नाका लागि दोहोरी साँझ तथा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताएका छन्। व्यवसाय बन्द हुँदा भाडा तिर्न नसकेको उनीहरूको गुनासो छ।
‘सरकारले अझै ताला ला भन्छ घरबेटीले घर छाडेर जा भन्छ, विरोध होइन व्यवसाय सञ्चालन गर्न देऊ, कि त काम देऊ कि त माम देऊ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर व्यवसायीले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: