ठमेल रात्रीकालीन व्यवसायीले मौन विरोध प्रदर्शन गरेका छन्।
कोरोनाले व्यवसाय मारमा परेकाले विभिन्न चरणमा नेपाल सरकारलाई ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएपछि आफूहरूले विरोध प्रदर्शन गर्नुपरेको प्रदशर्नमा सहभागी एक जना व्यवसायीले बताए।
‘रोगभन्दा भोक ठूलो’, ‘गरी खान देऊ सरकार’, ‘व्यवसाय खोलौं, मजदूर बचाऊ’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘कोरोना रातिमा मात्र लाग्छ र सरकार ?’,‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं?’ लगायत प्लेकार्ड बोकेर उनीहरूले मौन प्रदर्शन गरेका हुन्।
सरकारले रात्रीकालीन व्यवसाय थप १५ दिन नखोल्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझै १५ दिन कडाइका साथ बन्द हुने जानकारी गराएका हुन्।
उनले त्यस्ता व्यवसाय थप १५ दिनको संक्रमणको अवस्था हेरेरमात्र आवश्यकताअनुसार पुनः सञ्चालनमा ल्याइने जनाए।
तस्बिरहरू:
यो पनि :
फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन नखुल्ने