हरिबोधनी एकादशीको अवसरमा पशुपतिमा आज पूजाआजा भयो। कात्तिक शुक्ल एकादशीका दिन हरिबोधनी एकादशी मनाउने गरिन्छ।
यसपालि स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार एकादशी मनाएका छन्।
हरिबोधनी एकादशीमा तुलसीको विवाह गर्ने पनि गरिन्छ।
यसवर्ष कोरोना महामारीले गर्दा हरिबोधनी एकादशीमा मेला, महोत्सव भएन। पशुपतिनाथमा भित्र पूजाआजा नभए पनि बाहिर श्रद्धालुहरूले बिहीबार पूजाआजा गरेका छन्।
हेर्नुस् तस्बिरहरू: