कीर्तिपुरको टोलटोलमा नेपाल सम्वत् ११४१ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
यसपालि कोरोना महामारीका कारण सबैजसोले मास्क लगाई नेपाल सम्वत् मनाएका हुन्। नेवार समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वत सुरूवात गराएका थिए।
विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल सम्वतलाई नयाँ वर्षका रुपमा विषेशगरी नेवार समुदायको बहुल्यता रहेका स्थान काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत ठाउँमा मनाउने गरिन्छ।
आजैको दिन नेवार समुदायमा म्हः 'आत्म' पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म 'म्हः' पूजा पर्व मनाउँछन्।
हेर्नुस् तस्बिरहरू