यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।
वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ।
यसै अवसरमा, ललितपुरको चोभारस्थिति स्नेहा केयरले पनि कुकुर तिहार मनाएको छ।
सन् २०१४ मा स्थापना भएको स्नेहा केयरमा विशेष गरेर सडकमा छाडिएका कुकुरलाई उपचारका साथमा संरक्षण दिन्छ।
केयरले सडक कुकुरहरूलाई फूलमालासहित मीठो खान दिएर यो पर्व मनाएको हो।
स्नेहामा अहिले दुई सयभन्दा बढी कुकुर रहेका छन्।
उनले केयर सेन्टरमा अनौपचारिक कार्यक्रम गरेर डेजी, माया, स्नेहा, सक्स, मेरु, म्याङ्गगो, आरके, कली, कान्छीलगायत कुकुरलाई माला र मीठो खानेकुरा दिएर कुकुर पूजा मनाइन्।
तस्बिरहरू :